डा.बाबुराम भट्टराईको आरोप– ओलीप्रवृत्ति हिटलरी नाजीवादसँग मिल्दोजुल्दो काठमाडौं।पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी,नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्ति हिटलरसँग मिल्दोजुल्दो रहेको बताएका छन्।“खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ! ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टि हुन्छ!आफू कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिटलरी नाजीवाद/फासीवादसँग मिल्दोजुल्दो छ,जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो!”,उनले ट्वीटरमार्फत भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्