कांग्रेस पदाधिकारी बैठक बस्दै,मन्त्री छनोट र महाधिवेशनबारे छलफल हुने काठमाडौं। नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्दै छ।शुक्रबार दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको आसन्न १४ औं महाधिवेशन र सरकारमा सहभागी हुने मन्त्रीहरूका बारेमा छलफल हुने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडलले देखापढीलाई बताए। विशेष त महाधिवेशनका लागि आवश्यक निर्वाचन निर्देशिका निर्माणका सम्बन्धमा निर्वाचन समितिले नेताहरुसँग छलफल गर्न लागेको हो। बैठकको स्थानबारे भने टुंगो नलागिसकेको पौडेलले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्