स्थायी कमिटी बैठकमा पुगे माधव समूहका नेताहरु
काठमाडौं। नेकपा एमालेको स्थायी कमिति बैठकमा माधवकुमार नेपाल समूहका नेताहरु पनि पुगेका छन्। तुलसीलाल प्रतिष्ठानमा जारी बैठक नेपाल समूहका नेताहरु नआउँदै सुरु भएको थियो। बैठक चलिरहेका बेला नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरु भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे पुगेका हुन्। बैठकस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भीम रावलले आफूहरु सहभागी हुन नभएर रोक्न आएको बताए।
प्रतिक्रिया दिनुहोस्