ओलीले मानेनन् बैठक रोक्ने माधव समूहको प्रस्ताव काठमाडौं। स्थायी कमिटि बैठक रोक्ने प्रस्ताव लिएर पुगेका माधव नेपाल समूहका एमाले नेताहरुको प्रस्ताव अध्यक्षले इन्कार गरिदिएपछि उनीहरु बैठकस्थलबाट बाहिरिएका छन्। बैठकमा पुगेर माधव समूहका नेता भीम रावलले कार्यदलको सहमति, एमालेको एकता जोगाउन बैठक स्थगित गर्न आग्रह गरेका थिए। “हामीले हाम्रा विषय राख्यौं, हाम्रा कुरा सुनेपछि अध्यक्ष केपी शर्मा ओलीले बैठक जारी रहने एजेण्डा अगाडि बढाउनुस् भन्नुभयो, हामी बाहिरियौं।”रावलले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्