सर्वोच्चको फैसलाले संविधानको प्रस्तावनामाथि अतिक्रमण भएको एमाले स्थायी कमिटीको ठहर काठमाडौं। प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतको फैसलाले संविधानको प्रस्तावनामाथि अतिक्रमण भएको र त्यसलाई कमजोर तुल्याइएको नेपाल एमाले स्थायी कमिटीले निष्कर्ष निकालेको छ। शुक्रबारको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै प्रवक्ता प्रदीप ज्ञवालीले फैसलाले नेपालको संविधानको भावना र अवलम्बन गरेको बहुलबादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणाली तथा सन्तुलनको सिद्धान्तलगायतका आधारभूत प्रस्तावनामाथि अतिक्रमण गर्दै कमजोर तुल्याएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्