एमालेको निष्कर्ष: दलीय ह्वीप लाग्दैन भनेर अदालतले निर्दलियतालाई निम्तो दियो काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठकले लोकतन्त्रमा दलीय ह्विप लाग्दैन भनेर अदालतले निर्दलियतालाई निम्तो दिएको निष्कर्ष निकालेको छ। पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले सन्दर्भमै नउठेका, मागदावी नै नभएका, संविधानले परिकल्पना नगरेका विषयमासमेत राजनीतिक फैसला गरेर अदालतले आग्रह मात्रै देखाउने काम गरेको बताए। फैसलामा दलबाट निर्वाचित सांसदलाई दलीय ह्विप लाग्दैन भन्नु दलीय व्यवस्थाको आधारभूत प्रस्तावनामाथिको प्रहार भएको बैठकले निष्कर्ष निकालेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्