एमाले संसदीय दलको बैठक शुरु, माधव समूह अनुपस्थित काठमाडौं। संसद पुनस्र्थापनापछि पहिलोपटक बस्न लागेको नेकपा एमालेको संसदीय दलको बैठक बानेश्वरमा शुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक शुरु भएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। बैठकमा आगामी संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुनेछ। यसअघि बसेको स्थायी कमिटि बैठकले संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ। बैठकमा नेपाल समूहका सांसदहरु भने अनुपस्थित छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्