राष्ट्रपतिले अस्वीकार गरेपछि महान्यायाधिवक्ताको शपथ सर्वोच्चमा काठमाडौं। राष्ट्रपति कार्यालयले अस्वीकार गरेपछि नवनियुक्त महान्यायाधिवक्ता खमबहादुर खातीको शपथग्रहण सर्वोच्च अदालतमा भएको छ। यसअघिको प्रचलन विपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त महान्यायाधीवक्ताको सपथ ग्रहण समारोह शीतल निवासमा आयोजना गर्न अस्वीकार गरेकी हुन्। खातीलाई सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले महान्यायाधीवक्ताकोे सपथ खुवाएका छन्। हालसम्म महान्यायाधिवक्ताहरुले राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशबाट शपथ ग्रहण गर्ने परम्परा थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्