महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने कांग्रेस शीर्ष नेताहरूको बैठकको निर्णय
काठमाडौं। कांग्रेसका शीर्ष नेताहरूको शुक्रबार बालुवाटारमा बसेको बैठकले १४ औँ महाधिवेशन तोकिएकै मितिमा गर्ने निर्णय गरेको छ। बैठकमा निर्वाचन समितिले मस्यौदा गरेको निर्वाचन निर्देशिका, केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको कार्य प्रगति र पार्टीको समायोजन समितिका निर्णय लगायतमाथि छलफल भएको नेता रमेश लेखकले बताए। बैठकमा केन्द्रीय महाधिवेशन नसर्ने गरी तल्लो तहको अधिवेशन सार्ने विषयमा छलफल भए पनि निर्णय नभएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्