महान्यायाधिवक्ताको शपथ ग्रहण सर्वोच्चमै गर्न वैशाख ५ गते नै पत्राचारः राष्ट्रपति कार्यालय काठमाडौं। राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको शपथ समारोह सर्वोच्च अदालतमा गर्न गएको वैशाख ५ गते नै पत्राचार गरिएको जनाएको छ। शुक्रबार एक विज्ञप्तिमार्फत राष्ट्रपति कार्यालयले कोभिड–१९ महामारीलाई मध्यनजर गर्दै उक्त पत्राचार गरिएकोसमेत स्पष्ट पारेको छ। विज्ञप्तिमा राष्ट्रपतिको समुपस्थितिमा शपथ ग्रहण हुनुपर्ने भनी व्यवस्था भएकाबाहेकका उक्त मिति पश्चातका संवैधानिक निकायहरूका पदाधिकारीहरूको शपथ ग्रहण सम्बन्धित निकायका पदाधिकारीबाट हुँदै आएको समेत स्पष्ट पारिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्