केन्द्रीय सदस्य घिमिरे माथिको आक्रमण निन्दनीयः नेपाली कांग्रेस काठमाडौं। नेपाली कांग्रेसले आफ्नो केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि भएको आक्रमण अत्यन्तै निन्दनीय भएको जनाएको छ। “क्रियाशील सदस्यताको छानवीनस्थलमा पुगेर सांगठनिक कार्यमा व्यस्त रहेको समयमा एकाएक गरिएको आक्रमण पार्टीको अनुशासीत सदस्यको परिचय हुन सक्दैन,”कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। महाधिवेशन तयारीमा शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले घटनालाई गम्भीरतापूर्वक लिएको उनले जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्