एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष महन्थ ठाकुर छलफलमा काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच छलफल भएको छ। सर्वोच्चको फैसलासँगै प्रधानमन्त्रीबाट पदमुक्त भएपछि पहिलोपटक ठाकुर समूहले ओलीसँग भेटवार्ता गरेको हो। प्रधानमन्त्रीमा ओली रहँदा ओलीलाई साथ दिँदै जेठ २१ गते जसपाको ठाकुर समूह ओली नेतृत्वको सरकारमा समेत सहभागी भएको थियो। बदलिएको परिस्थिति अनुसारको रणनीति तय गर्ने सम्वन्धमा नेताहरुविच छलफल भएको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्