प्रचण्डले गरे माधवकुमार नेपालसँग परामर्श
काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गरेका छन्। प्रचण्ड शनिवार नेपाल निवास पुगेका हुन्। दुई नेताबिच पाँच दलीय गठबन्धनलाई अघि बढाउने तथा पछिल्लो राजनीतिक परिस्थितिका सम्बन्धमा छलफल भएको बताइएको छ। बिहीबारको गठबन्धनको बैठकमा नेता नेपाल उपस्थित भएका थिएनन्।
प्रतिक्रिया दिनुहोस्