जसपाको आधिकारिकता उपेन्द्र यादवले पाउने सम्भावना शतप्रतिशत पुग्यो: नेता खतिवडा
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता अध्यक्ष उपेन्द्र यादवले पाउने कार्यकारिणी समितिका सदस्य डम्बर खतिवडाले बताएका छन् । अध्यक्ष यादव समूहका नेता खतिवडाले भने, 'कार्यकारिणी समितिमा हामी बहुमतमा थियौँ अब संसदीय समितिमा पनि बहुमतमा पुग्यौँ ।' भर्खरै अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका पाँच सांसद यादव पक्षतिर लागेका छन्। निर्वाचन आयोगले अध्यक्ष यादवलाई पार्टीको आधिकारिकता दिने सम्भावना शतप्रतिशत पुगेको खतिवडाले बताए।
प्रतिक्रिया दिनुहोस्