घिमिरेमाथि भएको कुटपिटबारे छानबिन गर्न कांग्रेसको निर्देशन
काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्य छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि शुक्रबार भएको कुटपिटबारे छानबिन गरेर कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको छ। शनिबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले घिमिरेमाथि भएको कुटपिटबारे छानबिन गर्न निर्देशन दिएको अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेले बताए। समितिमा दोषीको नामसहित परेको उजुरीमा छानबिन भइरहेको र आजै दोषीलाई स्पष्टीकरण सोध्ने तथा कारबाही हुनेबारे निर्णय हुने उनले बताए।
प्रतिक्रिया दिनुहोस्