संसदमा सत्तापक्षको कुर्सीमा बस्ने जसपा यादव समूहको निर्णय काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले संसदमा सत्ता पक्षको कुर्सीमा बस्ने निर्णय गरेको छ। शनिबार बसेको बैठकले भोलिदेखि सुरु हुने संसद्को बैठकमा सत्तापक्षमा बस्ने र प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो। यसअघि जसपा विपक्षीको बेन्चमा बस्दै आएको थियो। उता, महन्थ ठाकुर पक्षले भने हिजै आफ्ना सांसदहरू विपक्षमा बस्ने निर्णय गरिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्