क्रियाशील सदस्यता छानबिन अन्तिम चरणमा, केही दिनमै प्रतिवेदन बुझाउँछौंः पौडेल काठमाडौं। नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको काम अन्तिम चरणमा पुगेको छ। ७५ जिल्लाबाट पठाइएको क्रियाशील सदस्यको फाइल हेरेर छानबिन प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको समितिका सदस्य प्रदीप पौडेलले बताए। केही दिनमै बाँकी रहेका ठाउँको छानबिन गरेर सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने उनले बताए। १४ औँ महाधिवेशनमा दर्ता भएका ८ लाख ५२ हजार क्रियाशील सदस्यमध्ये केहीको नाम उजुरीका आधारमा काटिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्