सरकारमा सहभागी दलहरुबीच बराबर संख्यामा मन्त्रालय बाँडफाँट हुनुपर्ने उपेन्द्र यादव पक्षको माग
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले सरकारमा सहभागी दलहरुबीच समान रूपमा मन्त्रालय बाँडफाँट हुनुपर्ने जनाएको छ। शनिवार बसेको संसदीय दलको बैठकले तीन दलको समान हैसियत हुने निश्चितता पछि मात्रै सरकारमा सहभागी हुने निर्णय गरेको सांसद मो.ईस्तियाक राईले बताए। संविधानतः २१ मन्त्री र तीन राज्यमन्त्रीसहितको २५ सदस्यीय मन्त्रिपरिषद् बनेमा आफूहरूले ७ मन्त्रालय र एक राज्यमन्त्री पाउनुपर्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस्