जसपा विवाद टुंग्याउन निर्वाचन आयोगको इजलास बस्दै
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता विवाद टुंग्याउन निर्वाचन आयोगले गठन गरेको इजलास आज बस्दैछ। इजलास बिहान ११ बजे बस्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। पक्ष–विपक्षको बहस सकिएपछि आयोगले आधिकारिकतासम्बन्धी विवादमा निर्णय गर्ने श्रेष्ठले बताए। जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि गत असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्