देउवाले आजै विश्वासको मत लिने, कानुनमन्त्रीले दर्ता गराए प्रस्ताव
काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन्।कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वासको मत लिने प्रस्ताव संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका छन्।विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्री कार्कीद्वारा संसद सचिवालयमा दर्ता भैसकेको र आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिने सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले देखापढीलाई बताए। प्रधानमन्त्री देउवालाई विश्वासको मतका लागि १ सय ३६ सांसदको समर्थन चाहिन्छ।
प्रतिक्रिया दिनुहोस्