देउवाले विश्वासको मत पाए २ वर्ष ढुक्क, संसदले पूरा गर्नेछ कार्यकाल काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत पाए संसदले कार्यकाल पूरा गर्नेछ। किनकी अबको दुई वर्षसम्म उनीमाथि अविश्वासको प्रस्ताव पेस गर्न पाइने छैन। संविधानको धारा१००को उपधारा४अनुसार प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेस गर्न सक्नेछन्। यसैको प्रतिबन्धात्मक वाक्यांशअनुसार प्रधानमन्त्री नियुक्त भएको दुईवर्षसम्म अविश्वासको प्रस्ताव पेस गर्न पाइनेछैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्