आजै विश्वासको मत लिने निर्णयमा एमाले फुटाउने नियत देखियो– एमाले नेता आचार्य काठमाडौं। नेकपा एमाले नेता भीम आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले फुटाउने षड्यन्त्रका साथ आजै विश्वासको मत लिन खोजेको आरोप लगाएका छन्। माधव नेपाल निवासमा आन्तरिक छलफलपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै आचार्यले भने–“पार्टीले विश्वासको मत नदिने निर्णय गरेको साथै एकता टुंगो लाग्दै गर्दा हतारमा विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षड्यन्त्र हो।”उनले आफ्नो समूहमा विश्वासको मतबारे कुनै निर्णय नभएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्