नेपाल एमालेमा नफर्कने संकेत काठमाडौं। नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध नगरी बेग्लै हिँड्न चाहेको प्रष्ट भएको बताएका छन्। पार्टीको स्थायी कमिटी बैठकपछि कुरा गर्दै ज्ञवालीले पार्टीको एकता प्रक्रिया जारी राख्न प्रधानमन्त्री देउवाको विपक्षमा मतदान गर्न पार्टीले आग्रह गर्दा नेपालले एक्लै भएपनि देउवाको पक्षमा मतदान गर्ने बताएका थिए। नेपाल पार्टीमा नफर्किने प्रष्ट भएको समेत ज्ञवालीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्