एमाले एकता नजोगिने प्रष्ट देखियो– प्रवक्ता ज्ञवाली
काठमाडौं। नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी एकता नजोगिने प्रष्ट देखिएको बताएका छन्। स्थायी कमिटिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै ज्ञवालीले कार्यदलको ‘सहमतिअनुसार अघि बढौं, प्रधानमन्त्रीको विपक्षमा मतदान गरौं’ भन्ने प्रस्ताव वरिष्ठ नेता माधव नेपालले अस्वीकार गरेको जानकारी दिए। आफ्नै पार्टीको सरकार ढलाएर बनेको सरकारका पक्षमा मत हाल्ने सांसदहरु एमालेमा रहन नसक्ने स्पष्ट पार्दै ज्ञवालीले मतदानपछि पार्टी एकताको टुंगो लाग्ने बताए।
प्रतिक्रिया दिनुहोस्