जनताभन्दा ठूलो न्यायधिस कोही छैनः एमाले नेता प्याकुरेल काठमाडौं। नेकपा एमालेका राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले जनताभन्दा ठूलो न्यायधिस कोही नभएको बताएका छन्। आज राष्ट्रिय सभाको नवौँ अधिवेशनमा सम्बोधन गर्दै उनले भने, 'जनताले दिएको मतलाई संसद् नभई अदालतको परमादेशमार्फत हटाइएको छ। अब शरीरमा लागेको धुलो टकटक्याउँदा जनतासँग जान्छौँ।' उनले सर्वोच्च अदातलको परमादेशले संविधानमाथि प्रहार गरेकाले दीर्घकालीन रूपमा नेपाललाई निर्दलीय व्यवस्थामा लग्ने खेल सुरु भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्