जनता विरोधी राजनीतिक अभ्यासको मतियार नबन्नु श्रेष्ठकर लागेरै राजीनामा दिएँः भीम रावल
काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले अनैतिक राजनीति तथा देश र जनता विरोधी राजनीतिक अभ्यासको मतियार बन्नुभन्दा अलग रहनु श्रेष्ठकर हुने ठानेर संसद् पदबाट राजीनामा दिएको जनाएका छन्। प्रतिनिधि सभा बैठक अगाडि सभामुखलाई बुझाएको राजीनामा पत्रमा रावलले उच्च राजनीतिक नेतृत्व तहमा अनियन्त्रित, अनैतिक र स्वेच्छाचारी राजनीतिक व्यवहार देखिएको जिकिर गरेका छन्।
प्रतिक्रिया दिनुहोस्