जसपा विवादः यादव पक्षका अधिवक्ताको बहस सकियो
काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता सम्बन्धमा गठन गरेको इजलासमा अध्यक्ष उपेन्द्र यादवको पक्षको बहस सकिएको छ। आइतबार यादव पक्षबाट अधिवक्ताहरू वीरेन्द्र ठाकुर, मिथलेस सिंह, महादेव यादव, हरिहर दाहाल, सुनिल पोखरेल, कृष्ण शर्मा, दीपक राईलगायत ११ जनाले बहस गरेका छन्। अधिवक्ताहरूले पार्टीका हरेक समितिमा यादवपक्षको बहुमत रहेको दाबी गरेका थिए। हाल महन्थ ठाकुर पक्षका अधिवक्ताहरूको बहस चलिरहेको छ।
प्रतिक्रिया दिनुहोस्