शक्ति पृथकीकरणविरुद्ध चालिएको कदम असफल भयो: सभामुख सापकोटा काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम एक पटक फेरि असफल भएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा मन्तव्य दिँदै उनले प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासलाई सर्वोच्च अदालतको फैसलाले लगाम लगाइदिएको बताए। प्रतिनिधि सभाको पुनर्स्थापनासँगै राजनीतिक स्थिरता र यसमार्फत विकास र समृद्धिको जनचाहनालाई सम्बोधन हुने उनको भनाइ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्