प्रधानमन्त्री शेर बहादुर देउवाले मागे संसदमा विश्वासको मत काठमाडौं। प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन्। प्रतिनिधिसभाको दोस्रो बैठकमा उनले केही समयको राजनीतिक अन्यौलता पछि आफू संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएको बताए। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको पाँच दिनमै देउवाले विश्वासको मत लिन थालेका हुन्। सर्वोच्चले प्रतिनिधिसभा पुन स्थापना गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश गरेपछि उनी असार २९ गते प्रधानमन्त्री नियुक्त भएका हुन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्