नेता रिजालको चुनौती: अब हेर्नुस् सत्ता कसरी चल्छ, बिपीको पार्टी हो काठमाडौं। नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सत्ता कसरी चल्छ अब जनताले देख्न पाउने चुनौती दिएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसद्को गरिमा बढाउँदै सरकारले सत्ता सञ्चालन गर्ने बताए । “प्रतिपक्ष त कस्तो चल्ला हेर्दै गरौला, सत्ता कस्तो चल्छ भन्ने कुरा अब नेपाली जनताले हेर्छन्।’ उनले आफ्नो पार्टी बिपी कोइरालाको भएको भन्दै संसद्को गरिमा बढाउने काम गर्ने उल्लेख गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्