प्रचण्डको प्रश्नः पार्टीभित्रको अन्तरद्वन्द्वलाई समाधान गर्न नसकेर संसदमाथि प्रहार गर्न पाइन्छ? काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी भित्रको विवाद मिलाउन नसकेर संसदमाथि प्रहार गरेको भन्दै एमाले अध्यक्ष ओलीविरुद्ध आक्रोश पोखेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पार्टीभित्रको बहुमतलाई स्वीकार गर्न नसक्ने र सत्ताको बलमा जबरजस्ती किच्न खोज्ने कस्तो लोकतन्त्र हो भन्दै प्रश्न गरेका थिए। उनले पटक पटक संसद् विघटन गरेर प्रणालीको चिन्ता गर्नुको कुनै अर्थ नभएको उनको तर्क थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्