बोल्ने अवस्था छैन, बोल्यो कि मुद्दा लाग्छः महन्थ ठाकुर काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेसी जनतालाई मनमा लागेको कुरा बोल्ने अवस्था पनि नरहेको बताएका छन्। बोल्यो की कुनै न कुनै मुद्दामा फसाइदिने गरिएको उनले बताए। आइतबार संसद् बैठकमा बोल्दै ठाकुरले संविधानको जतिसुकै गुणगान गरे पनि संविधानकै कारण आफूहरूले गाली खानु परेको र आफ्नो पार्टीका सांसद जेलमा र तारेखमा रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्