राप्रपा पक्ष र विपक्षमा मत नदिई तटस्थ बस्ने काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल संसदमा पक्ष/विपक्ष कतै पनि मतदान नगरी तटस्थ बस्ने भएको छ। विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै राप्रपाका सांसद राजेन्द्र लिङ्देनले सत्ता संघर्षको कुरूप खेलमा अहिले सहभागी नभई आगामी दिनमा सरकारका गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने बताए। अहिलेको राजनीतिक घटनाक्रमले संविधान असफल भएको प्रमाणित गरेको उनको तर्क थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्