राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिने तर प्रतिपक्षमा बस्ने
काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले सर्वोच्च अदालतको फैसलाले ठूलो राजनीतिक दुर्घटनाबाट मुलुकलाई बचाएको बताएकी छन्। विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने तर प्रतिपक्षमा बसेर मुद्दाअनुसार समर्थन र विरोध गर्ने बताएकी हुन्। विगतका सरकारले गरेका गल्ती सच्याउँदै सरकारले जनताको पक्षमा काम गर्नुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्