नेमकिपा पनि तटस्थ बस्ने
काठमाडौं। नेपाल मजदुर किसान पार्टीका सांसद सानु सुवालले प्रधानमन्त्रीलाई विश्वासको मतका निर्वाचनमा सहभागी नहुने बताएका छन्। मान्छेको लुगा फेरिँदैमा मन सफा नहुने भन्दै आफ्नो दल विश्वासको मतको पक्ष र विपक्षमा नरहेको स्पष्ट पारेका छन्। प्रधानमन्त्री देउवाको विश्वासको मत लिने प्रस्तावबारे संसदमा भएको छलफलमा सुवालले यसअघिका प्रधानमन्त्रीहरुले निस्वार्थ जनताको हितमा नलागेकाले समस्या भएको भन्दै यो सरकारलाई आलोचनात्मक ढंगले हेर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस्