विश्वासको मतसँगै राजनीतिले पुन: बाटो पहिल्यायो: राजदूत आचार्य
काठमाडौं।भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेसँगै राजनीतिले पुन:बाटो पहिल्याएको बताएका छन्।केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राजदूत नियुक्त भएका आचार्यले ट्विटरमा लेखेका छन्,"विश्वासको मतसँगै राजनीतिले पुन:बाटो पहिल्याएको छ।कोरोनाकालका जीवन र जीविकाका समस्या सम्बोधनमा पूर्ण ध्यान केन्द्रित गर्न सकिने स्थिति बनेको छ।आगामी यात्रा सहज र सफल रहोस्।सम्बन्धहरू अनुकूल र सुखद रहुन्। जनजीवनमा राम्रो सुधार आउन सकोस्।"
प्रतिक्रिया दिनुहोस्