हामी ठूलो दुर्घटनामा परेका छौं, कोही सुरक्षित छैनौ : घनश्‍याम भुसाल काठमाडौं।नेकपा एमालेका नेता तथा सांसद घनश्‍याम भुसालले यथास्थितिमा कोही सुरक्षित नरहेको बताएका छन्। सामाजिक सञ्‍जालमा लेख्दै उनले भने,'संसद जोगाउनु पर्थ्यो, जोगिएको छ। अब पार्टी जोगाउनु पर्नेछ, जोगाइने छ। हामी ठूलो दुर्घटनामा परेका छौं।यथास्थितिमा कोही पनि सुरक्षित छैनौं। हामी उठ्छौं, धुलो टक्टक्याउछौं र अगाडि बढ्छौं।'माधव कुमार नेपाल निकट नेता भुसाल आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा मतदानमा सहभागी भएनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्