पाकिस्तानका प्रधानमन्त्री खानले दिए देउवालाई बधाई काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन्। “पाकिस्तान नेपालसँगको सौहार्दपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन चाहन्छ र साझा चासोको विषयहरुमा नेपालसँग नजिक भएर कामलाई निरन्तरता दिन चाहन्छ”, पाकिस्तानका प्रधानमन्त्रीले ट्वीटर मार्फत भनेका छन्। प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त नगरुन्जेलसम्म खानले बधाई दिएका थिएनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्