पार्टीको विवाद टुङ्गो नलागी एकता हुँदैनः सुरेन्द्र झा
काठमाडौं। जसपाका नेता डा. सुरेन्द्र झाले प्रधानमन्त्री शेरबहादुर देउवालाई महन्त ठाकुर र उपेन्द्र यादव पक्षले विश्वासको मत दिएकै आधारमा एक हुन लागेको संकेत नगर्ने बताएका छन्। पार्टीको आधिकारिकतासम्बन्धी बहस निर्वाचन आयोगमा चलिरहेको छ। संसदमा उपेन्द्र सत्ता पक्षमा रहेपनि महन्त विपक्षमा रहेको झाले बताए। सम्पूर्ण नेता तथा कार्यकर्ताको चाहना एकता देखिएपनि पार्टीको आन्तरिक विवाद टुङ्गो नलाग्दासम्म एकता नहुने उनले बताए।
प्रतिक्रिया दिनुहोस्