एमालेले देउवालाई मत दिने सांसदलाई सोध्यो २४ घण्टे स्पष्टीकरण काठमाडौं। नेकपा एमाले केन्द्रीय कमिटी बैठकले देउवाको पक्षमा विश्वासको मत दिने माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा २४ घण्टे स्पष्टीकरण साधेको छ । बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफूले १० बुँदे स्वीकार गरेर कार्यान्वयनमा लगे पनि माधव नेपालले नमानेको बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्