केन्द्रीय कमिटी बैठक लगत्तै बालकोटमा एमाले स्थायी कमिटी बैठक बस्दै काठमाडौं। नेकपा एमालेको १० औँ केन्द्रीय कमिटी बैठक सकिए लगत्तै स्थायी कमिटी बैठक बस्ने भएको छ। बैठक एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्न लागेको हो। बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने एमालेका २२ सांसदलाई कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा छलफल हुने जनाइएको छ। बैठकका लागि स्थायी कमिटी सदस्यहरू बालकोट पुग्ने क्रम सुरु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्