सत्ताको दुरुपयोग गर्दै हामीमाथि निर्मम दमन हुनेछ, प्रतिवादका लागि तयार रहौं– ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सत्ताको दुरुपयोग गरेर एमालेमाथि निर्मम दमन गर्न शुरु गर्नसक्ने बताएका छन्। त्यसका लागि उनले सशक्त प्रतिवादका निम्ति तयार रहन पार्टी पंक्तिलाई आह्वान पनि गरेका छन्। केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले एमालेमाथिका सम्भावित आक्रमणविरुद्ध लड्न जुझारु संगठनको विकल्प नरहेको बताए। पार्टीपंक्तिमाथि हुने सम्भाव्य आक्रमण र षड्यन्त्रको अनुमान गरेको उनले स्पष्ट पारेका छन्।
प्रतिक्रिया दिनुहोस्