स्पष्टीकरणबारे निर्णय गर्न माधव समूह छलफलमा काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन्। अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोध्ने निर्णय गरेपछि छलफलमा जुटेको एक नेताले बताए। सोमबार बसेको एमाले केन्द्रीय कमिटीले नेपाल समूहका २२नेताहरुलाई २४घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नगएको यो समूहका नेताहरु ओलीले सोधेको स्पष्टीकरण,एकता प्रक्रिया र आगामी राजनीतिक कोर्सबारे छलफलमा जुटेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्