विपक्षीलाई मत दिनेहरुलाई त्यसै छाडिए पार्टी सिद्धिन्छ– ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णय नमान्नेलाई त्यसै छाडिए एमाले सिद्धिन्ने बताएका छन्। एमालेको केन्द्रीय समितिको बैठकमा बोल्दै ओलीले पार्टीको निर्णय अटेरी गर्दै नेपाली कांग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिनेहरू गद्दार भएको पनि बताए। अर्को पार्टीका व्यक्तिलाई प्रधानमन्त्रीमा समर्थन गर्नु गम्भीर अपराध भएको भन्दै उनले भने, “बदमासी गर्दै हिँड्नेहरूलाई कारबाही नगर्ने हो भने एमाले नै सिद्धिन्छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्