उत्पादक देशलाई थप खोप उपलब्ध गराउन सरकारको आह्वान काठमाडौं। सरकारले नेपाललाई अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आह्वान गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देशलाई धन्यवाद दिँदै थप खोप उपलब्ध गराउन आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। हालसम्म नेपालमा कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप लगाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्