एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको कार्यालयमा बैठक बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। आजको बैठकमा विधान महाधिवेशनको तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्