अखिलले टुंग्यायो जिल्ला नेतृत्व
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले जिल्लाको एकता पनि टुंग्याएको छ।

अखिलको २७ र २८ पुसमा काठमाडौंमा सम्पन्न एकताको पहिलो पूर्ण बैठकको कार्यादेश अुनसार ७७वटै जिल्लाका संयोजक र सहसंयोजकको टुंगो लगाएको जनाइएको छ।

अखिल केन्द्रीय सदस्य अटल आचार्यका अुनसार पूर्वअखिलका तर्फबाट ४२ र पूर्वअखिल क्रान्तिकारीका तर्फबाट ३५ जिल्लामा संयोजक तोकिएका छन्।

अखिलले रिक्त रहेका आयोगका सदस्यहरू पनि पूर्ति गरेको छ। लेखा आयोगमा शम्भु शर्मा, अनुशासन आयोगमा बीरबल खड्का र निर्वाचन आयोगमा शेखर बोहरा मनोनित भएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्