एकाबिहानै माधव नेपाललाई भेट्न प्रचण्ड र यादव कोटेश्वरमा काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकाबिहानै कोटेश्वर पुगेका छन्। मंगलबार बिहान ८ बजे पुगेका प्रचण्ड र नेता नेपालबीच झण्डै एकघण्टा छलफल भएकोे जनाइएको छ। प्रचण्ड फर्किएलगत्तै ९ बजेतिर जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव कोटेश्वर पुगेका थिए। दुवै अध्यक्षहरुले नेता नेपालसँग विकसीत राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गरेको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्