माधव नेपाललाई भेटेलगत्तै प्रचण्ड बालुवाटारमा काठमाडौं। मंगलबार बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बालुवाटार पुगेका छन्। कोटेश्वर पुगेर नेता नेपालसँग मन्त्री बाँडफाँडबारे छलफललगत्तै प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि प्रचण्ड बालुवाटार पुगेका हुन्। आइतबार विश्वासको मत लिएसँगै देउवाले मन्त्रिपरिषद् विस्तारको तयारीमा छन्। सरकारमा सहभागिता र मन्त्रालय भागबण्डाका विषयमा आज टुङ्गो लगाउने तयारी भइरहेको गठबन्धनका दलहरुले जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्