कांग्रेस महाधिवेशनः भौतिक उपस्थित नहुने अवस्था आए ‘डिजिटल भोटिङ’ गरिने काठमाडौं। नेपाली कांग्रेसले पार्टीको आगामी १४औं महाधिवेशमा भौतिक उपस्थित हुन सक्ने अवस्था नभए ‘डिजिटल भोटिङ’ गर्ने निर्णय गरेको छ। कांग्रेसले आज एक विज्ञप्ती जारी गर्दै ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रुप दिइसकिएको बताएको हो। “कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बाबजुद विभागले ‘डिजिटल भोटिङ’को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको छ,” विज्ञप्तिमा भनिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्